मोहन बगान गोलरहित बराबरीमा रोकियो, विमलले ५६ मिनेट खेले

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२४
  • |
  • 194 पटक हेरिएको

माघ २४ । आई लिगमा नेपाली स्ट्राइकर विमल घर्तिमगरको टिम मोहन बगान चेन्नई सिटीसँग गोल रहित बराबरीमा रोकिएको छ ।

खेलको ३४ औं मिनेटमा मैदान प्रवेश गरेको विमल घर्तिमगरले टिमको उद्धार गर्न सकेनन् । चेन्नई सिटीको मैदानमा भएको खेलमा विमल अजारुद्धिन मल्लिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

८१ औं मिनेटमा इडविन भ्यान्सपाउलले रातो कार्ड पाएपछि चेन्नई १० खेलाडीमा सिमित भएको थियो भने मोहन बगानले पेनाल्टीको अवसर पाएको थियो । तर सो पेनाल्टीलाई लेबननका खेलाडी अक्रम मोग्रावीले गोल गर्न सकेनन् ।

यो नतिजापछि मोहन बगानले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । मोहन बगान २१ अंक सहित चौथो स्थानमा छ भने चन्नई सिटी १२ अंक सहित आठौं स्थानमा छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey