एसियाडमा पाैडीकाे अाशा समाप्त, सबै खेलाडी हिट चरणबाटै अाउट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०८
  • |
  • 305 पटक हेरिएको

जारी १८औं एशियाली खेलकुद अन्तर्गत पौडीको कुनैपनि स्पर्धामा नेपालको प्रदर्शन सन्तोषजनक रहेन । चार खेलाडी सहभागी भएकोमा कुनै पनि खेलाडीले हिट चरण पार गर्न सकेनन् ।

सागकी पदक विजेता गौरिका सिंहले शुक्रबार ५० मिटर फ्रिस्टाइलको हिट थ्रीमा सातौं स्थानमा रहिन् । उनले २८.५० सेकेण्डको टाइमिङ निकालेकी थिइन् । सोही हिटमा रहेकी अर्की नेपाली खेलाडी टिशा शाक्य २९.६१ सेकेण्डको टाइमिङ मार्क गरी आठौं स्थानमा आइन् ।

यसैगरी पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा नेपालका शुभम श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए । हिट टू मा रहेका उनी आठ खेलाडीमध्ये सातौं स्थानमा रहे । उनले ३२.४५ सेकेण्डको टाइमिङ निकालेका थिए । एशियाली खेलकुदमा दुई पुरुष र दुई महिला खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पुरुषतर्फ शिरिषले ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए भने शुभम श्रेष्ठले ५० र १०० मिटर ब्रेष्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै महिलातर्फ गौरिका सिंहले ५०, १०० र २०० मिटर फ्रिस्टाइलमा र टिशाले ५० र १०० मिटर फ्रिस्टाइल तथा ५० मिटर ब्रेष्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका थिए ।

पौडीमा यसपटक कुनै पनि राष्ट्रिय कीर्तिमान बन्न सकेन । नेपाल पौडी संघले कीर्तिमान बनाउनेलाई १० हजार प्रोत्साहन पुरस्कारको घोषणासमेत गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal