पुलिस बुढासुब्बा गोल्डकपको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२४
  • |
  • 212 पटक हेरिएको

माघ २४, सुनसरी । संकटा क्लबलाई अतिरिक्त समयमा हराउँदै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डपको फाइनलमा प्रवेश गरेको छ ।

धरानमा बुधबार भएको सेमिफाइनलमा बुद्ध लामाको अतिरिक्त समयको गोल निर्णायक बन्दा पुलिसले आहा रारा गोल्डकप पछि लगत्तै अर्को फाइनल खेल्ने भएको हो ।

अघिल्लो साता आहा रारा गोल्डपको जितेको पुलिसले ५५ औं मिनेटमा अग्रता लिएको थियो । रेजिन सुब्बाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

तर ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले संकटाका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए । नियमित समयमा थप गोल हुन नसक्दा खेलमा १५ मिनेटको अतिरिक्त समय थपिएको थियो ।

अतिरिक्त समयको १० औं मिनेटमा बुद्ध लामाले गोल गर्दै पुलिसलाई फाइनलको यात्रा तय गराए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey