एसियन गेम्स: पाैडीतर्फ शिरीष र टिशा हिट चरणबाट बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०७
  • |
  • 340 पटक हेरिएको

नेप्लेज, ७ भदाै । एशियन गेम्समा पौडीमा शिरीष गुरुङ र टिसा शाक्य विहिबारको प्रतिस्पर्धामा हिट चरणबाट नै बाहिर भएका छन । शिरीष एक सय मिटर फ्रिस्टाइलमा र टिसा महिला ५० मिटर ब्रेष्टस्टोकमा हिट चरणबाट नै आउट भए ।

लगातार खराव नजिताको सामना गरेका नेपाली खेलाडीमा पौडीमा नेपालका उत्कृष्ट पौडीवाज शिरीष आफ्नो हिटमा पुछारमा रहे । उनले एक सय मिटरको दुरी ५७ दशमलव नौ दुई सेकेण्डमा पुरा गरे ।

यता महिला ५० मिटर ब्रेष्ट स्टोकको पहिलो हिटमा खेलेकी टिशा तेस्रो स्थानमा आएपनि अर्को चरणका लागि छनोट हुन सकिनन । उनले निर्धारीत दुरी ३९ दशमलव तीन एक सेकेण्डमा पुरा गरिन ।

तेक्वान्दाेमा ज्ञानेन्द्र हमाल पुरुष ६८ केजीमूनि तौल समूहमा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको प्रतिस्पर्धामा हमालले भुटानका वाङचुक जिग्मेलाई ३९–१७ अंकका आधारमा पराजित गरेका हुन् । प्रि–क्वार्टरफाइनलमा उनले मलेसियाली प्रतिद्वन्द्वी रोजाइमी रोजालीसँग प्रतिस्पर्धा गर्नेछन् । यो खेल पनि आजै दिउँसो हुनेछ ।

त्यस्तै महिलाको ४९ केजीमूनि तौलसमूहमा पनि नेपाली खेलाडी अस्मिता खड्काले आजै प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो चरणमा इरानी खेलाडी कियानीचान्दे नाहिदसँग प्रतिस्पर्धा गर्दैछिन् । एयिशयाली खेलकुदमा पदकको आशा गरिएको तेक्वान्दोले अहिलेसम्म पदक दिलाउन नसकेको अवस्थामा अन्तिम यी दुई खेलाडीबाट पदकको आशा गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey