अन्तर्राष्ट्रिय करातेमा नेपाल टीम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०६
  • |
  • 289 पटक हेरिएको

काठमाडौं, ६ भदौ । भारतमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २१ स्वर्ण पदक हात पार्दै नेपाल टीम च्याम्पियन बनेको छ ।
भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भएको प्रतियोगितामा २० जना खेलाडी सहभागी भएका थिए ।

अमेरिका, भारत, नेपाल, बंगालादेश, मलेसियासहितका विभिन्न राष्ट्रका खेलाडीबीच प्रतिस्पर्धा नेपालले २१ वटा गोल्ड मेडल हात पारेको छ । त्यसैगरी १० कास्य र १३ सिल्भर जित्दै टीम च्याम्पियन बनेको हो ।

सो प्रतिष्पर्धामा नेपालका बुद्धबहादुर तामाङ, तारा तामाङ, इच्छा राई, मनिस मगर, सन्जु तामाङ र अप्सरा मगरले २÷२ स्वर्ण पदक हात पारे । त्यसैगरी रञ्जनकुमार सापकोटा, चन्द्रबहादुर भुजेल, शिखा बजगाई, सुहाना कार्की, सुयोग सिग्देल र श्याम तामाङले १÷१ स्वर्ण पदक हात पारे ।

सेकेन्ड इन्टरनेशनल पिपुल्स ओलम्पिक खेलमा सहभागी नेपाली खेलाडीमध्ये दौडतर्फ १ सय मिटरमा तारा तामाङ र रञ्जनकुमार सापकोटाले स्वर्ण पदक हात पारे ।

त्यसैगरी २ सय मिटर दौडमा बुद्धबहादुर तामाङ र भरत मगरले स्वर्ण पदक जिते । कल्चरतर्फ भने सन्जु तामाङले स्वर्ण र एलिसा ढुंगानाले रजत पदक हात पारे ।

तोयाकान नेपाल बादोरिया कराँते डो संघको संयोजनमा संघका वरिष्ठ तथा प्रमुख प्रशिक्षक अरुणकुमार कार्कीको नेतृत्वमा २० जना खेलाडी र ४ जना अफिसियल रेफ्रीहरु अजय भक्त श्रेष्ठ, मनिस तामाङ, केशर सुब्बा र रञ्जन सापकोटा सहभागी बनेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal