डिभिजन २ का बारेमा पारससंगको अन्र्तवार्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२४
  • |
  • 335 पटक हेरिएको

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू भोलीदेखि नामिवियामा सुरु हुँदैछ । नेपालले प्रतियोगिताको यात्रा घरेलु टिम नामिवियाविरुद्धको खेलबाट सुरु गर्दैछ । नामिविया विरुद्ध उत्रनु अघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासँग हामीले फेसबुकमार्फत कुरा गरेका थियौं ।

भोली नामिबिया विरुद्धको खेलका विषयमा के भन्नु हुन्छ ?

प्रतियोगिताको पहिलो खेल हो । राम्रो क्रिकेट खेल्न जरुरी छ । नामिबिया घरेलु टोली हो । त्यसैले नेपालले आफ्नो क्षमता अनुसारको खेल प्रदर्शन गर्नु पर्छ । सवै टिम उत्तिकै वलिया छन् ।
नेपाली टिम कन्सिटेन्सीमा फोकस छ । हामी खेलका लागि तयार छाैँ । नेपालले केही कुरालाइ पनि हल्का रुपमा लिन हुन्न ।

पहिलो खेलमा जीत हात पार्नै पर्छ भन्ने खालको प्रेसर छ की छैन ?

हरेक खेल महत्वपुर्ण छ । पाँच खेल छ हामी सँग । पाँचै खेल उत्तिकै महत्वपूर्ण छन् । यति हो की हामीले राम्रो सुरुवात गर्न पर्छ ।

नामिबिया विरुद्ध नेपालको पछिल्लो समयको रेकर्ड राम्रो छ । यसले टिमलाइ कत्तिको सकारात्मक उर्जा दिन्छ ?

त्यो विगत हो । भोलि हामीले राम्रो क्रिकेट खेल्नुको विकल्प छैन । रेकर्ड राम्रो छ । तर भोली दुवै टिमका लागि नयाँ दिन अनि नयाँ खेल हो । नयाँ प्रतियोगिता हो । सवैले फ्रेस स्र्टाट गर्न पर्छ ।

रोहित पौडेलले भोलीको खेल मार्फत राष्ट्रिय टिममा डेब्यु गर्ने संभावना छ ?

त्यो भोली विहानको टिम मिटिङ पछि निर्णय गरिनेछ ।

पछिल्लो समयको नामिबिया टिमलाइ कसरी लिनु हुन्छ ?

नामिबिया लगायत सहभागी सवै टोली राम्रा छन । त्यसैले आफुलाइ राम्रो सँग अगाडि धकेल्न आवश्यक छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal