एशियाली खेलकुदः पदक तालिकामा चीनको प्रभाव

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०५
  • |
  • 215 पटक हेरिएको

नेप्लेज, ५ भदौ । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकूदको पदक तालिकामा चीनले आफ्नो प्रभाव कायम राखको छ । तेस्रो दिनको खेल सकिँदा चीनले पदक तालिकामा फराकिलो अग्रता बनाइसकेको छ ।

उसले ३० स्वर्ण, १८ रजत र १२ कास्यसहित ६० पदक जित्न सफल भएको छ । चीनलाई पछ्याइरहेको जापानले १२ स्वर्ण, १७ रजत र १८ कास्यसहित ४७ पदक जित्न सफल भएको छ ।

त्यसैगरी त्यस्रो स्थानमा रहेको दक्षिण कोरियाले ८ स्वर्ण, १२ रजत र १४ कास्यसहित ३४ पदक जितेको छ ।

चौथो स्थानमा रहेको इन्डोनेसियाले ५ स्वर्ण, २ रजत र ५ कास्य गरी कूल १२ पदक जितेको छ । पाँचौ स्थानमा रहको इरानले पनि समान ४ स्वर्ण, ३ रजत र ५ कास्य गरी १२ पदक जित्दै दक्षिण कोरियालाई पछ्याइरहेको छ ।
तेस्रो दिनसम्म जम्मा २२ मुलुकले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey