एभर्टनका पूर्व प्रशिक्षक राेनाल्ड नेदरल्याण्ड्सको मुख्य प्रशिक्षक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२४
  • |
  • 545 पटक हेरिएको

इग्लिस प्रिमियर लिग क्लव एभर्टनका पूर्व प्रशिक्षक रोनाल्ड कोइमन नेदरल्याण्ड्सको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन ।

एभर्टनको प्रशिक्षकबाट बर्खास्त भएपछि कामविहिन रहेका रोनाल्डले नेदरल्याण्डको फुटबल संघसंग साढे ४ बर्षको सम्झौता गरेका छन ।

जुन मार्च २३ तारिखमा इग्ल्याण्ड विरुद्धको खेलबाट लागु हुनेछ र २०२२ सम्मको सम्झौता रहेको छ । ५४ बर्षे डीक एड्भोकाटले २०१८ को विश्वकपमा टिमलाई छनोट गराउन नसकेपछि राजिनामा दिएका थिए ।

त्यसपछि नेदरल्याण्ड्सको मुख्य प्रशिक्षक पद खाली थियो । नेदरल्याण्डका पूर्व खेलाडी समेत रहेको रोनाल्डले खेल जीवनमा राष्ट्रिय टिमबाट ७८ क्याप जितेका थिए ।

जसमा उनले १४ गोल गरेका थिए । १९८८ को युरोपियन च्याम्पियनसिप नेदरल्याण्ड्सले जित्दा रोनाल्ड टिमका सदस्य दिए ।

एभर्टनको प्रशिक्षक हुँदा रोनाल्डले पहिलो सिजनमा क्लवलाई प्रिमियर लिगको सातौ स्थानमा राखेका थिए ।

यस्तै साउथह्याम्टनको प्रशिक्षक पनि भएसकेका रोनाल्डले आफनो कार्यकालमा टिमलाई छैटौ र सातौ स्थानमा राखेका थिए ।

नेदरल्याण्ड्स २०१० को विश्वकपको उपविजेता हुदा २०१४ मा तेस्रो स्थानमा रहेको थियो । तर २०१६ को युरोकप र रसियामा हुने विश्वकपमा भने स्थान बनाउन सकेन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey