ब्याडमिण्टनको पुरुष टिम इभेन्टमा नेपाल पराजित, तेक्वान्दोका सागर पनि बाहिरिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०४
  • |
  • 202 पटक हेरिएको

नेप्लेज, ४ भदौ । १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वाटरफाइनलमा पराजित भएको छ । नेपाल चाइनिज ताइपेईंसँग ३–० को सेटमा पराजित भयो ।

पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा नेपालका दीपेश धामी २१–५ र २१–११ तथा तेश्रोमा नेपालका नवीन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भए ।

महिला टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु अगष्ट २४ देखि सुरु हुनेछ ।

तेक्वान्दोमा सागर क्वाटरफाइनलमा रोकिए

तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागर भियतनामका खेलाडीसंग २५–५ अंकले पराजित भए ।

त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसंग २३–१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसंग २०–१७ ले पछि परे ।

मंगलबार ३ खेलाडीले नेपालको चुनौती पस्कने छन् । महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमूनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीमाथि अनोज पुजारीले खेल्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal