एसियाली खेलकुद: उसुकी निमाको राष्ट्रिय कीर्तिमान, तेक्वान्दाेमा सागरलार्इ सफलता

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०४
  • |
  • 428 पटक हेरिएको

नेप्लेज, ४ भदाै । नेपाली खेलाडी निमा घर्ती मगरले उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

आज भएको स्पर्धामा ९.१७ अंकका साथ निमाले कीर्तिमान बनाएकी हुन् । इन्डोनेसियाको जर्कातामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो कीर्तिमान हो ।

दक्षिण एशीयाली खेलकुद सागकी स्वर्ण विजेता निमाले हिजो नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन् । तर आज भने उनले नयाँ राष्टिय कीर्तिमान कायम गरिन् । यद्यपी उनी १२ खेलाडी मध्ये एघारौँ स्थानमा रहिन् ।

तेक्वान्दाेमा सागरलार्इ सफलता

तेक्वान्दोको पुरुष ५८ केजी मुनि तौल समुहमा नेपालका सागर गुबाजु प्रिक्वार्टर फाइनलमा पुगेका छन् । पहिलो चरणमा उनले भुटानका तेन्जिन दोर्जीलाई हराए । उनले आजै क्वार्टर फाइनल प्रवेशका लागि भियतनामका खेलाडीसँग प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै महिला ५३ केजी मुनिमा नेपाली खेलाडी निमा गुरुङ लेवननकी लेटिटिया आउनसँग पराजित हुँदै बाहिरिइन् । यस्तै ६७ केजी मुनिको भिडन्तमा संगीता बस्याल फिलिपिन्सकी खेलाडीसँग पराजित भइन् ।

पाैडीमा गाैरिका र टिसाकाे निराशाजनक सुरूअात

यता पौडीमा सागकी पदक विजेता खेलाडी गौरीका सिंह हिट चरणबाट नै बाहिरीएकी छिन । महिला १०० मिटर फ्रिस्टालमा दोस्रो हिटमा रहेकी गौरीका छैटौं स्थानमा रहिन । उनले निर्धारीत दुरी १ मिनेट ८२ मिलिसेकेण्डमा पुरा गरिन ।

यहि विधा अन्तर्गत अर्की पौडीवाज टिसा शाक्य पनि हिट चरणबाट नै बाहिरीएकी छिन । चौथो हिटमा प्रतिस्पर्धा गरेकी उनी पुछारमा रहित । उनले दुरी एक मिनेट ३.९६ सेकेण्डमा पुरा गरिन ।

प्याराग्लाइडिङ अाजबाट सुरू हुँदै

एसियाडमा नेपालले आज पदकको आशा गरिएको प्याराग्लाईडिङमा प्रतिस्पर्धा गर्दैछ ।

पहिलो पटक एशियाडमा समावेश गरिएको खेल अन्तर्गत नेपालले चार वटा विधामा सहभागिता जनाउँदैछ । जसमा पुरुष ब्यक्तिगत एक्युरेसी र पुरुष टिम एक्युरेसीमा प्रतिष्पर्धा गर्दैछ ।

पुरुष एकल तर्फ नेपालका दुई खेलाडी विजय गौतम र सुसिल गुरुङले प्रतिस्पर्धा गर्नेछन । यस्तै ५ खेलाडी सम्मिलित टिम इभेन्ट्समा नेपालबाट विमल अधिकारी, विजय गौतम, सुसिल गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन ।

यस्तै महिला तर्फ त्रिशा श्रेष्ठ र प्रतिभा भुजेलले खेल्दैछन । महिला तर्फ प्रतिभा, त्रिशा र सविता तामाङको टिमले टिम इभेन्ट्समा भाग लिदैछन ।

ब्याडमिण्टनमा पुरूष टिम इभेन्टकाे क्वार्टरफाइनल अाज

यस्तै ब्याडमिन्टन तर्फ नेपालले पुरुष टिम इभेन्टको क्वार्टर फाइनलमा चाइनिज ताइपेइको सामना गर्दैछ । यसअघिको खेलमा पाकिस्तानलाई हराएको नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजीत तामाङ र नवीन श्रेष्ठ छन् ।

सुटिङ अन्तर्गत पुरुष १० मिटर एयर राइफलको छनोट चरणमा नेपालका सुशे चौधरीले प्रतिष्पर्धा गर्दैछन् । छनोट चरणमा ४४ खेलाडी छन् ।

महिलाको १० मिटर एयर राइफलको छनोट चरणमा कल्पना परियार र सुश्मिता नेपालले पनि आफ्नो चुनौति प्रस्तुत गर्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey