एशियाडमा पहिलो स्वर्ण चीनलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०३
  • |
  • 173 पटक हेरिएको

नेप्लेज, ३ भदौ । १८औं एशियाली खेलकुद शनिबारदेखि सुरु भएसँगै नतिजा आउने क्रम पनि सुरु भइसकेको छ । प्रतियोगितामा चीनले स्वर्ण पदक जित्दै खाता खोलेको छ ।

अहिलेसम्म उसुको च्याङसुवा स्पर्धामा चीनका पुरुषतर्फ पियुयान सनले स्वर्ण पदक जितेका हुन् ।

यस स्पर्धामा आयोजक राष्ट्र इन्डोनेशियाका मार्भेलो एडार जेभियरले रजत पदक दिलाए । यसैगरी ताइपेइका तस्मीन तासीले कास्य पदक जितेका छन् ।

शुटिङको १० मिटर एयर राइफल मिक्स टिम इभेण्टमा चाइनिज ताइपेइले स्वर्ण जितेको छ । यस स्पर्धामा चीनले रजत तथा भारतले काश्य जितेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey