एसियाली खेलकुदः तेक्वान्दाेकाे पुम्सेमा नेपालकाे अाशा सकियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०३
  • |
  • 403 पटक हेरिएको

नेप्लेज, ३ भदाै । एसियाली खेलकुद अन्तर्गत आज नेपाली खेलाडीले फुटबल, ब्याडमिन्टन, उसु, तेक्वान्दो र फेन्सिङका स्पर्धाहरुमा प्रतिस्पर्धा गर्दैछन् ।

इण्डोनेसियामा शनिबार उदघाटन भएको १८औं संस्करणको एशियाली खेलकुद अन्तर्गत आइतबार तेक्वान्दोको पुम्से विधामा नेपाली खेलाडीहरु पराजित भएका छन् । महिला पुम्सेकी नेपालकी पार्वती गुरुङ चाइनिज ताइपेइकी लियाओ बेनसुआनसँग पराजित हुँदा पुरुष पुम्सेका कमल श्रेष्ठ चाइनिज ताइपेइकै चेङ चिङसँग पराजित भए ।

त्यस्तै महिला टिम पुम्सेमा पनि नेपाली टोली चाइजिन ताइपेइसँग क्वार्टरफाइनलमा पराजित हुन पुग्यो । यस स्पर्धाको अन्तिम १६ मा उज्वेकिस्तानले वाकओभर दिएपछि नेपाल क्वार्टरफाइनलमा पुगेको थियो ।

उदघाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ । अघिल्लो दुई खेलमा पराजित नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सक्नेछ । पाकिस्तानलाइ पनि सो मौका रहनेछ । अघिल्लो दुई खेलमा पाकिस्तान पनि पराजित भएको थियो ।

ब्याडमिन्टन तर्फ पुरुषको टिम इभेन्टसमा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ छन् । यस्तै महिला टिम इभेन्टमा भने नेपालले माल्दिभ्ससँग खेल्नेछ । नेपाली टिममा नङ्सल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी छन् ।

फेन्सिङ तर्फ महिलाको साब्रे ब्यक्तिगत इभेन्टमा कमला श्रेष्ठले जापानी खेलाडी नोरिका तामुरा, मंगोलियाकी अरुन्जया युन्देन्दोर्ज, हङ्कङ्की यिङ अउ सिन, चीनकी जियारुसी कियान र भियतनामकी थु हा बुई थीसँग प्रतिष्पर्धा गर्ने्छिन् ।

यस्तै पुल डीको खेलमा रविना थापाले आयोजक इन्डोनेसियाकी दिया पेरमातासारी, जापानकी शिहोमी फुकुसिमा, दक्षिण कोरियाकी जिसु युन, कम्बोडियाकी लिन्ली छाय र इरानकी फाजेह राफिइ डेल्चेहसँग प्रतिष्पर्धा गर्नेछिन् ।

पदकको आशा गरिएको प्याराग्लाइडिङ भने सोमबारदेखि सुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey