ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीलाई मदन भण्डारी एकेडेमीको छात्रवृत्ति

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 189 पटक हेरिएको

माघ २३, काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी अन्तर्गतको क्रिकेट विभागले खेलाडीलाई छात्रवृत्ति तथा खेल सामग्री प्रदान गरेको छ ।

विभागले गत माघ ५ र ६ गते आयोजना गरेको क्रिकेट कार्निभलमा सञ्चालित ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई प्रशिक्षण छात्रवृत्ति र खेलसामग्री प्रदान गरेको हो ।

ट्यालेन्ट हन्टबाट कमल खत्री, अमृत थापा, दिनेश बुढामगर, कृष्मा गुरुङ, अशोक पौडेल, खुसी डंगोल, अफजल अली, अनुरोध पन्त, रामसुरत यादव र रौनक पराजुली छनोट भएका थिए ।

खेलाडीलाई एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला, क्रिकेट विभाग अध्यक्ष सुदीप शर्मा लगायतले छात्रवृत्ति तथा खेल सामग्री प्रदान गरे । खेल सामग्रीको प्रायोजन सुशील कोइराला फाउन्डेसनले गरेको थियो ।

छात्रवृत्ति पाएका खेलाडीले मदन भण्डारी क्रिकेट एकेडेमी शान्तिनगर, वाईवाई जीएससीए सिनामंगल, लाइसेन्स क्रिकेट एकेडेमी पेप्सीकोला र बालुवाटार क्रिकेट एकेडेमी बालुवाटारमा एक वर्षसम्म निःशुल्क प्रशिक्षण गर्न पाउनेछन् ।

विभागले अजय देव, रूपेन्द्र श्रेष्ठ, प्रतिका दाहाललाई पनि एक वर्ष निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको अध्यक्ष शर्माले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal