रेफ्री संघमा बुद्धिबहादुर गुरुङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 162 पटक हेरिएको

माघ २३, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको रेफ्री संघको अध्यक्षमा बुद्धिबहादुर गुरुङ निर्वाचित भएका छन् ।

एन्फा कम्प्लेस सातदोबाटोमा मंगलबार सम्पन्न निर्वाचनमा बुद्धिबहादुर गुरुङले प्रतिष्पर्धी बलराम थापालाई १९ भोटले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल ४८ मत रहेको रेफ्री संघमा ४७ जनाले भोट गर्दा २ वटा बदर भएको थियो । जसबाट गुरुङले ३३ भोट पाएका थिए भने थापाले जम्मा १२ भोट पाए ।

१३ सदस्यिय कार्यसमितिमा तीन जना उपाध्यक्ष निर्वाचित भए । ३५ भोट ल्याएर श्रीराम रञ्जितकार, ३२ मत सहित गजेन्द्रमान सिंह र ३१ मत सहित विनोद केसी उपाध्यक्षमा निर्वाचित भए ।

सदस्यहरुमा मधुसुदन खनाल, वीरेन्द्रबहादुर पाण्डे, कमल लामा, किशोर ढुकुछु, रवीन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र प्रदिप कुमार बस्नेत छन् भने महिला सदस्यमा माया लामा विजयी भइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal