यस्तो छ नामिबियामा नेपालले खेल्ने मैदानको अवस्था

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 148 पटक हेरिएको

माघ २४ । आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन टू विहीबारदेखी नामिबियामा सुरु हुँदैछ । नेपालले विहीबार नै घरेलु टोली नामिबिया संगको खेल संगै डिभिजन टू को आफ्नो यात्रा सुरु गर्नेछ ।

गर या मरको अवस्थामा रहेको नेपालका लागि पहिलो खेलको नतिजाले पुरै प्रतियोगिताभर असर पार्ने छ । त्यसैले नेपाल पहिलो खेलमा जीत हात पार्दै मनोवल उच्च बनाउन चाहन्छ ।

डिभिजन टु मा सहभागी नेपाल र नामिबिया सहित अन्य टोली केन्या, ओमान, क्यानडा र युएइ सवै उत्तिकै वलिया टोली छन । सवै, शीर्ष दुइमा रहँदै सन २०१९ को एकसदिवशीय विश्वकपको छनौट खेल्ने अवसर गुमाउन चाहँदैनन् ।

त्यसैले नेपालका लागि डिभिजन टु को यात्रा सोचे जस्तो सहज छैन तर असम्भव पनि केही छैन । नेपालले यसअघि पनि यस्तै कठिन समय बाट आफुलाइ अघि बढाएको थियो ।

नेपालका प्रतिस्पर्धी टोली जति महत्वपुर्ण छन त्यतीनै महत्वपुर्ण भेन्यु हुन्छ ।

नेपालले तीन स्टेडियममा डिभिजन टु का पाँच खेल खेल्नेछ । विन्डहक स्थित एफिज पार्क, युनँइटेड ग्राउन्ड र वन्डर्रर क्रिकेट ग्राउन्डमा नेपालले खेल्नेछ ।

एफिज पार्क

सुरुवातमा यो मैदानलाइ विन्डहक आफ्रिकान्स प्राइमेरी स्कुल ग्राउन्डको नामले पनि चनिन्थ्यिो । यो मैदानमा पहिलो पटक सन २०१४ मा खेल खेलिएको थियो । यसअघि २०१५ को डिभिजन टु मा एउटा भेन्युको रुपमा यो मैदान रहेको थियो ।

त्यती वेला नेपालले यो मैदानमा खेलेका तीनै खेलमा हार बेहोरेको थियो । नेपालले यहि मैदानमो आफ्नो पहिलो खेल युगान्डा विरुद्ध खेलेको थियो । जसमा युगान्डा दुइ रनले विजयी भयो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको युगान्डाले ४९ ओभर पांच वलमा अलआउट हुँदै  १४६ रन बनाएको थियो ।

उत्कृष्ट बलिङ गरेका नेपाली बलर सामु युगान्डाले खुलेर खेल्न सकेन् । पारस खड्काले ३, सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिएका थिए । युगान्डाका लागि ब्रियान मासाबाले सर्वाधिक ४३ रन बनाएका थिए ।

तर एक सय ४७ रनको झिनो लक्ष्य पनि नेपालले पुरा गर्न सकेन् । नेपाल पुरै ५० ओभर खेल्दै एक सय ४४ रनमा अल आउट भयो । ज्ञानेन्द्र मल्लले ३४, सुवास खकुरेलले ३२ र नरेश बुढाऐरले १६ र बसन्तले १५ रन बनाउनु बाहेक सवै खेलाडी सिंगल रनमा मैदान बाहिरिएका थिए । यसै खेल मार्फत नरेश, सुवास र करण केसीले लिस्ट ए मा डेब्यु गरेका थिए ।

यसै मैदानमा नेपालले दोस्रो खेल केन्या विरुद्ध खेलेको थियो । त्यसमा पनि नेपाल ५ विकेटले पराजित भयो । टस हारेर ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ वलमा अल आउट हुदै १९४ रन बनाएको थियो ।

नेपालको पारीमा ज्ञानेन्द्रले अवीजीत ९१ रनको योगदान दिएका थिए । तर जवाफमा केन्याले १९५ रनको लक्ष्य ३५ ओभर मा ५ विकेट गुमाउँदै पुरा गर्यो । यसै मैदानमा तेस्रो स्थानमा लागि केन्या संग भएको खेलमा पनि नेपाल १५ रनले पराजित भयो । २०९ रनको लक्ष्य पछ्याएको नेपाल १९३ रनमा अल आउट भएको थियो ।

वन्डर्रर क्रिकेट ग्राउन्डमा

यो मैदान नामिबिया सरकारको स्वामित्वमा छ भने नामिबिया क्रिकेट संघले संचालन गरिरहेको छ । १९९० मा स्टेडियम निर्माण गरिएको हो । यो स्टेडियममा पहिलो पटक १९९० मा नामिबिया र नेदरल्यान्डस बीच खेल भएको थियो ।
यस्तै २००१–२००२ मा नेशन्स च्यालेन्ज कप नामक प्रतियोगितामा नामिबियाले लिस्ट ए खेलमा श्रीलङकाको ए टिम संग खेलेको थियो ।

२००४ मा इन्टरनेशनल कप अन्तर्गत नामिबिया र युगारुन्डा बीच फर्स्ट क्लास म्याच भएको थियो । यस्तै यो मैदानमा पहिलो ट्वान्टी ट्वान्टी भने २०१० मा नामिबिया र बरमुडा बीच खेल भएको थिया । पहिलो अन्तराष्ट्रिय टि ट्वान्टी खेल भने यो स्टेडियमले २०१३ मा केन्या र नेदरल्यान्ड बीच होस्ट गरेको थियो ।

यो मैदानमा नेपालकोे रकेर्ड पनि निकै राम्रो छ । यो मैदानमा नेपालले क्यानडासँग खेलेको थियो ।

जसमा नेपाल ७ विकेटले विजयी भयो । नेपालले टस जितेर क्यानडालाइ ब्याटिङको निम्तो दिएको थियो ।

कप्तान पारसको निर्णय तब सहित सावित भयो जब क्यानडा ४९ ओभर दुइ वलमा मात्र ११४ रनमा अल आउट भयो । क्यानडाको पारी ध्वस्त बनाउने क्रममा करण केसीले ५ र सोमपाल कामीले २ विकेट लिए ।

११५ रनको लक्ष्य नेपालले २३ दशमलब १ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । नेपालले सुरुवात भने राम्रो गर्न सकेको थिएन । ओपनर दोस्रो ओभरको चौथो वलमा टिमको स्कोर शुन्य हुदा २ ओपनर नरेश बुढाऐर र सुवास खकुरेललाइ गुमाएको थियो ।

दुवैले खाता खोल्न सकेनन् । तर पारस र ज्ञानेन्द्रले तेस्रो विकेटका लागि ११४ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । पारसले ७७ रन जोड्दा ज्ञानेन्द्र ३२ रनमा अविजीत रहेका थिए ।

युनाइटेड क्रिकेट ग्राउन्डमा

यो स्टेडियममा पनि ९० को दशकमा निर्माण गरिएको हो । अहिले सम्म यो मैदानले लिस्ट ए फस्ट क्लास म्याच होस्ट गरिसकेको छ ।

नेपालले २०१५ को डिभिजन टु मा यो मैदानमा नेदरल्यान्डस र नामिबिया संग प्रतिस्पर्धा गरेको थियो । जसमा दुवैमा नेपालले जीत हात पार्यो ।

नेपालले नेदरल्यान्डसलाइ २ विकेटले हराउदा नामिबिया माथि ३ विकेटको जीत हात पारेको थियो ।

यस पटक नेपालले आफिज पार्कमा नामिबया र ओमान संग खेल्नेछ भने वन्डर्रर क्रिकेट ग्राउन्डमा क्यानडा र केन्या संग खेल्नेछ । यस्तै युएइ संग युनाइटेड क्रिकेट ग्राउन्डमा प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey