प्याराग्लाइडिङ टोलीलाई विदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-२३
  • |
  • 561 पटक हेरिएको

नेप्लेज, २३ साउन ।  एशियाली खेलूदमा सहभागी हुने प्याराग्लाईडिङ टोली इन्डोनेशीया प्रस्थान गरेको छ । पोखरबाट वुधबार विदाई भएर आएको टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले सातदोवाटोमा विदाई गरे ।

नेपालले प्याराग्लाइडिङमा पहिलो पटक सहभागिता जनाउन लागेको हो । एशियन गेम्समा नेपालबाट पाँच पुरुष र तीन महिलाको टोलीले तीन स्पर्धामा सहभागिता जनाउनेछन् ।

नेपाली टोलीको नेतृत्व सिनियर खेलाडी बिमल अधिकारीले गर्दैछन् । उनका अनुसार इण्डोनेसियाको मौसमसँग अभ्यस्त हुन चाँडै जान लागेको जानकारी दिए ।

आठ सदस्यीय नेपाली टोलीमा पुरषतर्फ कप्तान बिमल अधिकारी, बिशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम छन् । त्यस्तै महिला टोलीमा प्रतिमा भुजेल, त्रिशा श्रेष्ठ र सविता तामाङ छन् । नेपाली टिमको प्रशिक्षकमा भने योगेश भट्टराई रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey