ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनौट, को को परे

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 162 पटक हेरिएको

धनगढी प्रिमियर लिग डीपीएलका लागि ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनौट गरिएको छ ।

ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीको नाम

प्रकाश जैशी

नारायण जोशी

सुवोध ऐर

विजय राना

लोकेश बम

विक्रम ठगुन्ना

किरन कुमार आग्री

बसन्त सिंह कार्की

शेर मल्ल

पूर्ण सिंह ठकुरी

प्रकाश सिंह

सागर भण्डारी 

ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जनामध्ये कम्तिमा पनि ६ जना खेलाडीले आउँदो चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने डीपिएल खेल्न पाउनेछन् ।

एक सय भन्दा बढी खेलाडीको सहभागिता रहेको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडीलाई छनोट गरिएको हो । छनौट भएका १२ जनालाई डीपीएलको अक्सनको ‘डी’ समूहमा राखिने छ ।

जसबाट प्रत्येक टिमले न्यूनतम २५ हजार देखि अधिकतम ४० हजार रुपैयाँसम्म भाउ लगाउँदै प्रत्येक टिमले कम्तिमा पनि एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्रावधान आयोजकले गरेको छ ।

राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मुल्यांकन गर्नुभएको थियो । डीपिएलमा देशका विभिन्न ६ टिमहरुले प्रतिस्पर्धा गर्दैछन् ।

प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal