रुबिका र चाउची आईटीएफ उत्कृष्ट वर्ष खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-२२
  • |
  • 255 पटक हेरिएको

नेप्लेज, २२ साउन । नेपाल आर्मीका रुबिना खड्का र चाउची डंगोल आईटिएफ तेक्वान्दो उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल इन्टरनेशनल तेक्वान्दो(आईटीएफ)को २१औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र एक पुरुष खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

दुवै खेलाडीले दुई साताअघि काठमाडौंमै भएको छैटौं दक्षिण एशियाली आईटीएफ तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गरेका थिए । रुविनाले ३ स्वर्ण जित्दा चाउचीले दुई स्वर्ण जितेका थिए ।

त्यस्तै उनीहरुले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आईटीएफ प्रतियोगिता र १५औं सिनियर तथा नवौं राष्ट्रिय आईटीएफ प्रतियोगितामा स्वर्ण जितेका थिए ।

हालै सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई टिम च्याम्पियन बनाउने भक्तपुरका आशिष कार्की उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु तीनै जनाले जनही ५ हजार नगद पुरस्कार पाए । काभ्रे जिल्ला आईटीएफ संघले उत्कृष्ट जिल्लाको उपाधि हात पार्यो ।

नेकपा नेता टोपबहादुर रायमाझी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी, नेपाल आईटीएफका अध्यक्ष अन्जन धमलालगायतले उत्कृष्ट खेलाडीलाई सम्मान गरे ।

नेपाल आईटिएफ संघमा योगदान दिने ब्यत्तित्वहरुलाई पनि सम्मान गरेको छ । नेपाल आईटिएफका संस्थापक अध्यक्ष राजकुमार थापा, नेपाल मार्शल आर्टस् गेम्स कमिटिका अध्यक्ष एवंम् नेपाल आईटिएफका उपाध्यक्ष कल्पदीप राई सम्मानित भए ।

त्यस्तै दक्षिण एशियाली आईटिएफ महासंघ अनुशासन कमिटिको संयोजकमा चयन भएकोमा नेपाल आईटिएफकी महासचिव अन्जु राउतलाई पनि संघले सम्मान गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey