खुकुरी कप क्रिकेटः रौतहटले बुटवललाई हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 195 पटक हेरिएको

माघ २३, काठमाडौं । काठमाडौंमा जारी खुकुरी कप क्रिकेट प्रतियोगितामा रौतहट राइजिङ ११ ले बुटवल क्रिकेट व्वाइजलाई ४ विकेटले पराजित गरेको छ ।

मूलपानी रंगशालामा मंगलबार भएको पहिलो खेलमा समूह डीमा रहेको बुटवल ब्वाइजले दिएको १३२ रनको लक्ष्य रौतहटले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । रौतहटका लागि सलमान खानले सर्बाधिक ३१ रन बनाउँदा आशुतोष सिंहले २८ तथा अरविन्द चौधरीले २४ रन बनाए । रौतहटले अतिरिक्त १८ रन पाएको थियो ।

बलिङतर्फ बुटवलका गोविन्द खत्रीले ३ तथा आशिष भण्डारीले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले १६.१ ओभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको थियो । बुटवलका युवराज सेन अनुपस्थित भएपछि ९ विकेट गुमाएको अवस्थामा बुटवललाई अलआउट घोषित गरिएको थियो ।

सुरुआती र मध्यक्रमका ब्याट्सम्यानहरु फ्लप रहे पनि बुटवलका लागि सातौं नम्बरका ब्याट्सम्यान तुलबहादुर थापाले बिष्फोटक ब्याटिङ गर्दै ६८ रन बनाएका थिए । उनले मात्र २२ बल खेलेर १० छक्का प्रहार गरे । बुटवलले अतिरिक्त २१ रन पाएको थियो ।

बुटवललाई कम स्कोरमै समेट्न रौतहटका सुनील मिश्राले ३ तथा आशुतोष सिंह तथा आशु कण्डोलले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच रौतहटका आशुतोष सिंह चुनिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey