जुडोमा नेपाललाई २ स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-२०
  • |
  • 325 पटक हेरिएको
काठमाडौं, २० साउन । नेपालले थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा २ स्वर्ण जितेको छ । स्वर्ण बाहेक नेपालले थप १ रजत र १ कांस्य पनि जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरे ।
उनले थाइल्यान्डका २ तथा युएई र जापानका खेलाडीलाई पराजित गरे । ११ खेलाडी सहभागी महिला ५७ केजीमुनि मनीताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई हराइन् ।
महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन् । पुनमले लाउसकी खेलाडीलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसंग चुकिन् ।  त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन् ।
गत संस्करणमा नेपालले २ कांस्य जितेको थियो । इन्द्र र उमेश मगरले कांस्य हात पारेका थिए । दुईदिने प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey