एशियाडः डोपिङ कन्ट्रोल अफिसरको रुपमा नेपालबाट डा. नवीस सम्मिलित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-२०
  • |
  • 213 पटक हेरिएको

नेप्लेज, २० साउन । आसन्न एशियाली खेलकुदमा डोपिङ कन्ट्रोल अफिसरको रुपमा नेपालबाट डाक्टर नवीस मान सिंह प्रधानले प्रतिनिधित्व गर्ने भएका छन् ।

आयोजक मुलुकको आमन्त्रणमा डोपिङ कन्ट्रोल अफिसरको रुपमा एशियाली खेलकुदमा सहभागी हुने उनी पहिलो नेपाली डाक्टर हुन् । त्यतिमात्र होइन, आसन्न एशियाली खेलकुदमा डोपिङ कन्ट्रोल अफिसरको रुपमा सहभागी हुने उनी एकमात्र दक्षिण एशियाली डाक्टरसमेत हुन् ।

आइतबार उनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष सांसद जीवनराम श्रेष्ठले शुभकामनासहित बिदाई गरे । डाम्बर नवीसले विश्व एण्टी डोपिङ एजेन्सी वाडाको आयोजनामा सन् २०१३ मा श्रीलंकामा प्रशिक्षण लिएका थिए । उनले सन् २०१३ मा नान्जिङ युथ एशियाली खेलकुदमा डोपिङ अफिसरको जिम्मेबारी संहालेका थिए ।

बिदाइ कायक्रमलाई सम्बोधन गर्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले डाक्टर नवीसको सहभागिता मुलुकका लागि गर्वको विषय भएको भन्दै भविश्यमा अन्य नेपाली डाक्टरहरु पनि यस्तो तहमा सहभागिता जनाउने अपेक्षा व्यक्त गरे । डाक्टर नवीस आगामी बिहीबार इण्डोनेशिया प्रस्थान गर्नेछन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey