मैत्रीपूर्ण बक्सिङमा संगीता र बिमलाको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-२०
  • |
  • 216 पटक हेरिएको

नेप्लेज, २० साउन । १८औं एशियाली खेलकुदका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् ।

चार मुलुकका टोलीहरु सम्मिलित मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा महिला ५७ केजी तौलसमूहमा संगीता सुनारले लगातार दोस्रो जित हासिल गरेकी छन् । उनले थाइल्याण्ड बी टिमकी पुर्नापालाई अंकको आधारमा हराएकी हुन् । यसअघि शनिबार उनले थाइल्याण्ड ए टिमकी बुन्याबुचलाई हराएकी थिइन् ।

आइतबार भएको अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी बिमला श्रेष्ठले ५१ केजी तौलसमूहमा थाइल्याण्ड बी टिमकी निल्लाडालाई अंककै आधारमा हराइन् ।

महिला ६० केजीतर्फ पहिलो खेलमा थाइ राष्ट्रिय टोलीकी खेलाडीलाई हराएकी पुनम रावलले आइतबारको खेलमा थाइल्याण्डकै अनुसारासँग पराजित भइन् ।

आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोली पछिल्लो डेढ महिनादेखि थाइल्याण्डमा विशेष प्रशिक्षणरत छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey