डिभिजन २, राम्रो खेलेका नेपाली खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 162 पटक हेरिएको

२०१५ मा नामिवियामा नै भएको डिभिजन टुमा नेपाल शिर्ष चारमा रहदै विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि छनोट भएको थियो । सो प्रतियोगितामा नेपालका कति खेलाडी उत्कृष्ट पारी खेलेका थिए ।

ज्ञानेन्द्रले नामिबियामै भएको डिभिजन टु को समुह चरणमा केन्याबिरुद्ध अविजित ९१ रन बनाएका थिए । उनको इनिङ्गसको मद्दतमा नेपालले ४९ दशमलब पाँच ओभरमा अल आउट हुँदै १९४ रन बनाएको थियो । ज्ञानेन्द्रले ११६ बल खेल्दै सात चौका पनि प्रहार गरेका थिए ।

कप्तान पारस खड्काले क्यानडा बिरुद्ध आक्रमक पारी खेल्दै ७८ बलमा ७७ बनाएर सुचिमा दोश्रो स्थानमा छन् । ११ चौका र तीन छक्का प्रहार गर्दै पारसले ११५ रनको लक्ष्य पछ्याएको नेपाललाई २३ दशमलब एक ओभरमै जिताएका थिए ।

राष्ट्रिय टोलीबाट खेल्ने क्रममा आफ्नो करिअरको पछिल्लो अर्धशतक बनाएका आक्रमक ब्याट्सम्यान बिनोद भण्डारी केन्य बिरुद्धको तेश्रो स्थानका लागि भएको खेलमा ७३ रन प्रहार गरेका थिए । भण्डारीले ८३ बल खेल्दै छ चौका र दुई छक्का प्रहार गरेका थिए ।

चौथो र पाँचौ स्थानमा फेरी एक पटक कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र छन् । ५६ बलको सामना गरेका पारसले नामिबिया बिरुद्ध ६४ रन बनाएका थिए भने तेश्रो स्थानको खेलमा अर्धशतक बनाउनबाट चुकेका ज्ञानेन्द्रले ५६ बल खेल्दै ४८ रन बनाएका थिए ।

डिभिजन टु मा राम्रो पारी खेलेका नेपाली खेलाडी

  • ज्ञानेन्द्र मल्ल                 ९१ नट आउट केन्या बिरुद्ध
  • पारस खड्का                ७७ रन क्यानडा बिरुद्ध
  • बिनोद भण्डारी               ७३ रन केन्या बिरुद्ध
  • पारस खड्का                ६४ रन नमिबिया बिरुद्ध
  • ज्ञानेन्द्र मल्ल                 ४८ रन केन्या बिरुद्ध
  • बिनोद भण्डारी               ३५ रन नेदरल्यान्ड्स बिरुद्ध
  • ज्ञानेन्द्र मल्ल                 ३४ रन युगान्डा बिरुद्ध
  • ज्ञानेन्द्र मल्ल                 ३२ नटआउट क्यानडा बिरुद्ध

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey