जुडोका मुख्य प्रशिक्षकको प्रश्नः कसलाई सोधेर खेलाडी छनोट गरियो ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-१७
  • |
  • 388 पटक हेरिएको

नेप्लेज, १७ साउन । खेलाडी छनोटको सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको भन्दै नेपालका मुख्य प्रशिक्षक डान टेलेर्काले असन्तुष्टि ब्यक्त गरेका छन् ।

एसियाली खेलकुदका लागि वैदेशिक प्रशिक्षणमा जान लागेको नेपाली टिमको विदाइका क्रममा प्रशिक्षक टेलेर्काले छनोट प्रति असन्तुष्टी ब्यक्त गरे । प्रशिक्षणमा अब्बल भएका केही खेलाडीलाई छुटाएको आरोप प्रशिक्षकको छ ।

प्रशिक्षक टेलेर्काले ६० केजी तौल समूहमा सुदेश दोङ् प्रशिक्षणमा निकै राम्रो भएपनि उनलाई मौका नदिइएको असन्तुष्ट भएका हुन् । प्रशिक्षक टेलेर्काले प्रश्न गरे, ‘हामीसँग राम्रा खेलाडी नभएका होइन् तर कोसँग सल्लाह गरेर खेलाडी छनोट गरियो ?’
‘प्रशिक्षण र प्रतियोगिता सन्तुलित हुन जरुरी छ ।’ उनले थपे ।

एसियाली खेलकुदमा नेपालबाट ६ खेलाडीले मात्र सहभागिता जनाउनेछन् । सुमित्रा राई र संजय महर्जन बैकल्पिक खेलाडी हुन् भने उमेश मगर र इन्द्रबहादुर श्रेष्ठलाई भने थाइल्याण्ड इन्टरनेश्नल प्रतियोगिताको अघिल्लो संस्करणमा कास्य जितका कारण पुनः मौका दिइएको नेपाल जुडो संघले जनाएको छ ।

प्रशिक्षक टेलेर्काको प्रश्नमा जवाफ दिँदै नेपाल जुडो संघका अध्यक्ष बज्राचार्यले भने, ‘केही खेलाडीलाई स्पाइरिङ पार्टनरको आवस्यकता छ भने केही खेलाडीले अघिल्लो संस्करणमा पदक जितेका कारण उनीहरुलाई छनोट गरिएको हो । बोर्ड र प्रशिक्षकको सल्लाहमा नै खेलाडी छनोट गरिएको हो । छनाटको सम्बन्धमा तपाईलाई कसरी जानकारी भएन त्यसबारे म अनविज्ञ छु ।’

‘आर्थिक कारणले गर्दा धेरै खेलाडीलाई प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता गराउन नसकिएको हो ।’

आशन्न १७औं एसियाली खेलकुद र १३औं दिक्षण एसियाली खेलकुदमा नेपाली खेलाडीलाई विषेश प्रशिक्षण दिनका लागि टेलेर्का सात महिनाअघि नेपाल आएका थिए ।

उनलाई अन्तर्राष्ट्रिय जुडो संघले एक वर्षका लागि नेपाल पठाएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey