वैदेशीक प्रशिक्षणका लागि ट्रायाथलन टोली थाइल्याण्डतर्फ

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-१६
  • |
  • 319 पटक हेरिएको

नेप्लेज, १६ साउन । इण्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारीका लागि नेपाली ट्रायाथलन टिम थाइल्याण्ड प्रस्तान गरेको छ ।

सातदोबाटो स्थित नेपाल ओलम्पिक कमिटीमा आयोजित कार्यक्रममा चार खेलाडी, एक प्रशिक्षक र एक ब्यवस्थापक सहित छ जनाको टोलीलाई विदाई गरियो । उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य जिवनराम श्रेष्ठ, ट्रायाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ लगायतले विदाई गरे ।

नेपाली टोलीमा रोजा केसी, सोनी गुरुङ, बसन्त थारु र दिपेश चौधरी छन् । प्रशिक्षकमा पुष्परत्न बज्राचार्य र ब्यवस्थापकमा युवारज सुनवार छन् ।

एसियन गेम्सका लागि नेपाली खेलाडीले २० दिन थाइल्याण्डको फुकेटमा प्रशिक्षण लिनेछन् । त्यहाँबाट सोझै उनीहरु इन्डोनेसिया प्रस्तान गर्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey