डिभिजन २ मा सफल भएका नेपाली बलर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 261 पटक हेरिएको

नेपाल राष्ट्रिय क्रिकेट टिमका तिब्र गतिका बलर सोमपाल कामी २०१५ मा नामिवियामा भएको विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालका सर्वाधिक सफल बलर बनेका थिए ।

सोमपालले कुल ६ खेलमा ११ विकेट लिन सफल भएका थिए । यसका साथै उनी प्रतियोगितामा नै धरै विकेट लिने खेलाडीको सुचिमा पाँचौ स्थानमा रहेका थिए ।

२०१४ मा युएईको खेल विरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेका सोमपालले डिभिजन टु मा कुल ५२ ओभर ४ बल फाल्दा ११ विकेट लिएका हुन ।

उनको एभरेज १९ दशलमव १८ रहेको थियो । चार दशमलव शुन्यको इकोनोमिमा बलिङ गरेका सोमपालको उत्कृष्ट बलिङ फिगर ४१ रनमा तीन विकेट थियो । नेपालबाट धरै विकेट लिने दोस्रो खेलमा करन केसी थिए ।

उनले ६ खेलमा ९ विकेट लिएका थिए । उनको इकोनोमी ३ दशलमव ३१ रहेको थियो भने स्ट्राइक रेट १५ दशलमव ८८ को थियो । जुन डिभिजन २ मा सबै भन्दा राम्रो इकोनोमी र स्ट्राइक रेट भएका खेलाडी बनेका थिए ।

यस्तै मिस्टर क्राइसिस उपनामले चिनिने बसन्त रेग्मीले र शक्ति गौचनले ७–७ विकेट लिए भने कप्तान पारस खड्काले ६ खेलमा ६ विकेट लिए ।

प्रतियोगितामा धेरै विकेट लिने शिर्ष दुई स्थानमा नेदरल्याण्ड्सका खेलाडी रहे । जसमा असन मलिकले १७ विकेट लिदा मिचेल रिपोनले १४ विकेट लिएका थिए ।

यस्तै नामिवियाका क्रेग विलियम्सले १३ र केन्याका निकोल्सनले ११ विकेट लिएका थिए ।

डिभिजन २ मा धरै विकेट लिने नेपाली बलर

सोमपाल कामी      ११ विकेट ६ खेलमा
करन केसी           ९ विकेट ६ खेलमा
बसन्त रेग्मी          ७ किवेट ५ खेलमा
शक्ति गौचन        ७ विकेट ६ खेलमा
पारस खड्का      ६ विकेट ६ खेलमा

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal