न्यू डायमण्ड कप भलिबलको उपाधिका लागि आयोजक र एपीएफ भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 219 पटक हेरिएको

माघ २२, काठमाडौं । न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक टोली र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार भएको खेलमा न्यू डायमण्डले पोखराको टप्स स्कुल र एपीएफले त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान बनाए ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक टोली न्यू डायमण्डले टप्स स्कुललाई ३–१ को सेटमा पराजित गरेको हो । न्यू डायमण्डले २५–९, २२–२५, २५–१८ र २५–१५ को सेटमा हरायो ।

त्यस्तै अर्को खेलमा एपीएफले बिभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५–१५, २५–१७ र २५–६ को सोभो सेटमा हरायो ।

मंगलबार प्रतियोगिताको फाइनल खेल आयोजक टोली र एपीएफबीच हुनेछ । त्यस्तै टप्स स्कुल र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।

तीन दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने भनिए पनि नेपाल पुलिस र श्रीगाउँ खेलकुद बिकास समिति दाङको टोलीले सहभागिता नजनाएपछि चार टोलीबीच मात्र प्रतिस्पर्धा गराइएको हो । ढोरपाटन महिला डवल लिग भलिबलको शीर्ष चार टोलीले पं्रतियोगिता खेलेका थिए ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले क्रमसः ५१ र २१ हजार पुरस्कार पाउनेछन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal