प्रशिक्षक तथा रेफ्री सेमिनारमा नेप्लेजका सल्लाहकार श्याम चित्रकार सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-११
  • |
  • 466 पटक हेरिएको

नेप्लेज, ११ साउन । पाको नेपाल क्योकुसिन करातेको प्रथम अन्तर्राराष्ट्रिय प्रशिक्षक तथा रेफ्री सेमिनार काठमाडौंमा सम्पन्न भएको छ ।

दुई दिने प्रशिक्षणमा डेनमार्कबाट आएका दुई जना प्रशिक्षकले नेपाली खेलाडी तथा रेफ्रीलाई प्रशिक्षण दिएका छन् । प्रशिक्षक फ्लेमिङ जिन्जेन सर्टर र केइज जुसी जेसेनले खेलाडी तथा रेफ्रीलाई प्रशिक्षण दिए । सेमिनारमा पचास भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । प्रशिक्षकले खेलाडीहरुलाई आत्मरक्षाका विभिन्न शैलीहरुको प्रशिक्षण दिएका थिए । यस्तै रेफ्री उत्पादन गर्ने उद्धेश्यले आयोजित सेमिनारमा युवा खेलाडीहरुलाई खेल खेलाउँदा अपनाउनु पर्ने विभिन्न सतर्कताको बारेमा प्रशिक्षण दिएका थिए ।

शुक्रबार आयोजित समापन कार्यक्रममा संघले नेपाली खेलकुदमा योगदान पु¥याउने विभिन्न ब्यक्तित्वलाई सम्मानित गरेको छ । संघले वरिष्ठ खेल पत्रकार तथा फोटोग्राफर श्याम चित्रकारलाई सम्मानित गरेको छ । नेपालका पहिलो क्यामरा पर्सन चित्रकारलाई संघले ताम्रपत्र प्रदान गरेको थियो । यस्तै एभिन्यूज टेलिभिजनका क्यामरापर्सन रवीन्द्रप्रसाद श्रेष्ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठसँगै संघको विकासमा योगदान पु¥याउने विभिन्न ब्यक्तित्वलाई सम्मानित गरिएको थियो ।

संघले यसअघि पनि राष्ट्रिय स्तरको प्रशिक्षण सेमिनार आयोजना गरिसकेको अवस्थामा अन्तर्राराष्ट्रिय प्रशिक्षकको प्रशिक्षणबाट खेलाडी र प्रशिक्षकको क्षमता अभिबृद्धि गर्ने लक्ष्य लिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey