लुम्बिनी म्याराथन फागुनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 281 पटक हेरिएको

कपिलबस्तुको लुम्बिनीमा आउँदो फागु पुर्णिमाको दिन चौथो सस्करणको लुम्बिनी शान्ति म्याराथन हुने भएको छ ।

भगवान गौतम बुद्ध जन्मस्थलमा मार्च १ तारिखका दिन अन्तर्राष्ट्रिय स्तरको शान्ति म्याराथन हुने भएको हो ।

जसमा फुल, हाफ र पाँच किलोमिटरको दौड हुनेछ ।

म्याराथन कुदानबाट सुरु भई गोटिहावा, कपिलवस्तु, बाणग्ङगा, तिलोराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुँदै लम्बिनीको पवित्र उद्यानमा समापन हुनेछ ।

फुल म्याराथनको विजेताले एक लाख रुपैयाँ पाउनेछ भने दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछ ।

यस्तै हाफ म्याराथनको विजेताले ५० हजार, दोस्रो हुनेले ३५ र तेस्रोले २५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा कुल २०० धावकको सहभागिता रहने आयोजकको दावी छ ।

जसमा ३० जना विदेशी धावकले भाग लिने आयोजकले जनाएका छन । म्याराथनमा पुरुष र महिला धावक संयुक्त रुपमा दौडनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey