एशियाली करातेमा पदक विजेता एस्तर १ लाख नगदसहित सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-११
  • |
  • 862 पटक हेरिएको

नेप्लेज, ११ साउन । जापानमा भएको १७औं एशियाली जुनियर तथा यू–२१ कराते प्रतियोगितामा ऐतिहासक पदक जित्न सफल नेपाली खेलाडी एस्तर राईलाई बालाजु कराते डो–प्रतिष्ठानले नगदसहित सम्मान गरेको छ ।

शुक्रबार बालाजुस्थित आफ्नै डोजोमा आयोजित कार्यक्रममा प्रतिष्ठानले एस्तरलाई १ लाख ५ रुपैयाँ नगदसहित सम्मान गरेको हो । प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान, प्रतिष्ठानका अध्यक्ष ध्रुवबिक्रम मल्ललगायतले एस्तरलाई भविश्यमा अझै राम्रो गर्ने शुभकामनासहित पुरस्कार प्रदान गरे ।

एशियाली करातेमा नेपालले अहिलेसम्म पदक जित्न सकेको थिएन । तर, जापानमा ओकिनमा गत मे महिनामा सम्पन्न जुनियर तथा यू–२१ करातेमा यू–२१ तर्फ एस्तरले काश्य पदक जितेकी हुन् । उनी बाजालु कराते डो प्रतिष्ठानकी उत्पादन हुन् भने प्रशिक्षक ध्रुवबिक्रम मल्लले प्रशिक्षण दिएका थिए ।

त्यस्तै प्रतिष्ठानले गत साता थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड ओपन कराते प्रतियोगितामा पदक जित्न सफल आफ्नो एकेडेमीका चार खेलाडीलाई पनि सम्मान गरेको छ ।

थाइल्याण्डको इण्डोर हलमा सम्पन्न प्रतियोगितामा नेपाली खेलाडीहरु मनिष थापा क्षेत्री, विजय श्रेष्ठ, नवीन रसाईली र राजीव श्रेष्ठलाई पनि प्रतिष्ठानले सम्मान गरेको हो ।

त्यसअघि प्रतिष्ठानका खेलाडीहरुले अध्यक्ष तथा मुख्य प्रशिक्षक मल्ललाई गुरुपूर्णिमाको अवसरमा सम्मान गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey