अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिण्टनको क्वार्टरफाइनल समीकरण पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-०९
  • |
  • 267 पटक हेरिएको

नेप्लेज, ९ साउन । पुरुषतर्फ एपीएफका दिपेश धामी र महिलातर्फ त्रिभुवन आर्मीकी नङशलदेवी तामाङ जारी अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष एकलमा दिपेशले जेष्ठ ब्याडमिण्टनका सुनील जोशीको चुनौति २१–१५, १८–२१ र २१–१० को प्रतिस्पर्धात्मक सेटमा पन्छाए । यसै स्पर्धामा नेपाल पुलिसका जीवन आचार्यले बैकुण्ठ श्रेष्ठलाई २१–११ र २१–१६ ले हराउँदै अन्तिम आठमा पुगे ।

पुलिसका दीपक बोहोरा भने भारतीय खेलाडी शुभ दयसँग २१–१३ र २१–१९ को सोझो सेटमा पराजित भए । त्यस्तै बंगलादेशका मोहम्मद सलमान खानले एपीएफका विजित थापामगरलाई २१–११ र २१–१३ ले हराए ।

आर्मीका खेलाडीहरु प्रफुल महर्जन र रुकेश महर्जनले क्रमसँ एपीएफका निराजन देवकोटा र भारतका शेख मोहम्मख रोविनलाई पराजित गरी क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । पुलिसका बिष्णु कटुवालले भने आर्मीका पविन लिङथेपलाई हराए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा जारी प्रतियोगिताको महिला एकलतर्फ आर्मीकी नङशलले जेष्ठ ब्याडमिण्टन क्लवकी मनिशा खड्कालाई २१–७ र २१–३ को सहज सेटमा हराइन् । बाँकेकी सम्झना शर्माले प्रदेश ४ की प्रजिता गुरुङलाई हराउँदा पाकिस्तानी खेलाडी शाहजाद महूरले प्रदेश १ की सीमा राजवंशीबाट वाकओभर पाइन् ।

आर्मीका अन्य खेलाडीहरु रशिला महर्जन, अनु राई र अमिता गिरीले क्रमसः प्रदेश ५ की समीक्षा न्यौपाने, प्रदेश ५ कै सुष्मा श्रेष्ठ र प्रदेश ५ की आकृति केसीलाई हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

यू–१९ गर्ल्सतर्फ पुलिसकी जेसिका गुरुङले कर्णाली प्रदेशकी सामना भट्टराईलाई २१–१२ र २१–६ को सोझो सेटमा हराइन् । महिला एकलमा पराजित भए पनि प्रदेश ४ की आकृति केसीले यू–१९ तर्फ प्रदेश ७ की निलिमा महरालाई हराउँदै क्वार्टरफाइनलमा पुगिन् ।

प्रदेश १ की निता लम्साल, जेष्ट ब्याडमिण्टन क्लवकी श्रद्धेया प्रधान, कञ्चनपुरकी रञ्जना भट्ट, प्रदेश २ की चित्र हरिथवाला, पुलिसकी रोजी पाण्डे र आर्मीकी रशीला महर्जनले पनि आआफ्नो खेल जित्नै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

यू–१९ व्वाइजतर्फ आर्मीका प्रफुल महर्जनले कर्णाली प्रदेशका नगेन्द्र बम ठकुरीलाई २१–१० र २१–१० ले हराउँदै क्वार्टरफाइनलमा पुगे । उनी पुरुष एकलतर्फ पनि क्वार्टरफाइनलमा पुगेका छन् । यस स्पर्धामा प्रदेश १ का प्रनिश सिंह ठकुरीले प्रदेश ७ का अमृत चौधरीलाई २१–१६ र २१–९ को सेटमा हराए । आर्मीका पविन लिङथेपले अन्नपूर्ण राइसका दिपेश बज्राचार्यलाई हराउँदा आर्मीकै रुकेश महर्जनले धादिङका आयुश श्रेष्ठलाई पराजित गरे ।
पुरुष एकलमा पराजित भए पनि जेष्ट ब्याडमिण्टनका सुनील जोशी यू–१९ तर्फ सविन तामाङलाई हराउँदै क्वार्टरफाइनलमा पुगे ।

०००

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal