एपीएफका धामी अन्नपूर्ण इन्टरनेशनल ब्याडमिण्टनको प्रिक्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-०८
  • |
  • 188 पटक हेरिएको

नेप्लेज, ८ साउन । एपीएफका दीपेश धामी अन्नपूर्ण कर्पोरेट इन्टरनेशनल ब्याडमिण्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो चरणमा बाइ पाएका धामीले मंगलबार भएको दोस्रो चरणको खेलमा प्रदेश नम्बर ५ का निरञ्जन चौधरीलाई २१–१० र २१–७ को सहज सेटमा हराए । त्यस्तै जेष्ठ ब्याडमिण्टन क्लवका सुनील जोशीले पनि प्रदेश ५ कै शिव थापालाई २१–६ र २१–७ को सेटमा हराउँदै अन्तिम १६ मा पुगे ।

नेपाल पुलिस क्लवका जीवन आचार्यले भारतका उदय भट्टाचार्यलाई २१–६ र २१–९ ले हराउँदा पुलिसकै दीपक बोहोराले कर्णाली प्रदेशका जीतप्रसाद लामिछानेलाई २१–११ र २१–८ ले पराजित गरे ।

मंगलबारै भएको पुरुष एकलतर्फको खेलमा भारतका शुभ दयले प्रदेश १ का प्रनिश सिंह ठकुरीलाई २१–१६ र २१–१९ ले हराए । त्यस्तै एपीएफका बिजित थापामरले बाँकेका सरोज अन्सारीलाई २१–१५ र २१–११ को सेटमा हराउँदा भारतका शेख मोहम्मद रहिमले एपीएफका सुदीप सेडाईंलाई २१–१६ र २१–१८ ले पराजित गरे । पुरुष एकलको प्रिक्वार्टरफाइनल चरणका खेलहरु बुधबार हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको यू–१९ ब्वाइजतर्फको खेलमा आर्मीका प्रफुल महर्जनले मोहन गुरुङलाई २१–४ र २१–८ ले हराए । कर्णाली प्रदेशका नगेन्द्र बम ठकुरीले जेष्ठ ब्याडमिण्टन क्लवका अभियान अश्यपलाई प्रतिस्पर्धात्मक खेलमा २१–१९ र २१–१९ को सेटमा पराजित गरे ।

पुरुष एकलतर्फ पराजित भए पनि यू–१९ मा प्रदेश १ का प्रनिश सिंह ठकुरीले बाँकेका संगम पुनलाई २१–१५ र २१–१६ ले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । प्रदेश ७ का अमृत चौधरीले जेष्ठ ब्याडमिण्टनका प्रियान्सु क्षेत्रीलाई २१–१५ र २१–१९ ले हराए ।

प्रतियोगिता साउन ११ गतेसम्म चल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal