गुणस्तरीय भन्दा पनि सख्यात्मक रुपमा बढी हुने भलिबल प्रतियोगिताले कति फाइदा पुग्ला ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 144 पटक हेरिएको

माघ २२, काठमाडौ । राष्ट्रिय खेल घोषित भएसंगै भलिबलका प्रतियोगीताका लागि प्रायोजकले चासो मात्र देखाएका छैनन् खेलहरु पनि धेरै हुन थालेका छन् । प्रतियोगीताहरु धरै भए पनि नयाँ खेलाडी उत्पादनमा भने भलिबल संघ अझै पनि चुक्दै आएको छ ।

कुनै बेला निजी क्षेत्रले भलिबलप्रति निजी क्षेत्र सकारात्मक थिएन । प्रायोजक भेटन पनि निकै कठिन थियो । तर अहिले समय फेरिएको भलिबल संघका पदाधिकारीको अनुभव छ । संघकै पहलमा भलिबलमा उघोग बाणिज्य महासंघले पुर्वाधार विकासका लागि एक करोड २० लाख रुपैयाको सम्झौता गर्यो ।

त्यसअघि अर्को एक निजी कम्पनीले संघसंग ४० लाख रुपैयाको सम्झौता गरेको थियो । यतिमात्र होइन भलिबल संघले आयोजना गर्ने खेलाडी अवार्डमा तीन वर्षका लागि साढे दश लाखको प्रायोजक संघले पायो र सफल रुपमा अवार्डको आयोजना पनि गर्यो ।

पछिल्लो समय निकै व्यस्त रहेको भलिबल संघ प्रायोजकहरु भित्र्याउने सर्न्दभमा पनि निकै अगाडि छ । तर नयाँ र राम्रा खेलाडी उत्पादनमा भने संघ अझैपनि सफल छैन। यो विषयमा भलिबल सघका महासचिव जितेन्द्रबहादुर चन्द भने सहमत छैनन ।

भलिबल हुनु राम्रो हो राम्रा खेलाडीलाइ विभागिए टिमहरुले तुरुन्त अनुबन्ध गर्दैआएका छन । हाम्रो मुख्य लक्ष्य भनेको हरेक क्षेत्र र प्रदेशमा राम्रा खेलाडी उत्पादन गरेर उनिहरुको जिविकोपार्जनका लागि योजना बनाउदै छौ ।

पुर्वदेखि पश्चिमसम्म हरेक महिना औसतमा दुई देखि तीन प्रतियोगिता  हुने गरेका छन् । यतिसम्म कि कुनै महिना खेलाडीले एक प्रतियोगिता खेल्दा खेल्दै अर्को प्रतियोगितामा सहभागीता जनाउनु पर्ने अवस्था छ ।

भलिबल संघ कै क्यालेन्डरमा पनि एक दर्जन प्रतियोगिता एक बर्षको अन्तरालमा हुने गरेका छन् । घरेलु प्रतियोगिता धरै हुदाँ त्यसको फाइदा राष्ट्रिय टिममा हुनुपर्ने हो । तर त्यो भने अझै हुन सकेको छैन ।

राष्ट्रिय टिमका कप्तान इम रानामगर भन्छन,  प्रतियोगिता त हुन्छन तर खेलाडीको सुविधामा कसैले ध्यान दिएको छैन । चाहे त्यो राष्ट्रिय टिमको प्रशिक्षणमा होस या स्थानिय प्रतियोगितामा । धरै प्रतियोगिता भन्दा पनि गुणस्तरीय प्रतियोगता गरेर खेलाडीको सुविधामा ध्यान दिए अझ राम्रो हुने थियो ।

विभिन्न शिर्षकमा हुने उपलब्धिहीन प्रतियोगिता भन्दापनि गुणस्तरीय र मापदण्ड पुरा गरेका प्रतियोगिता गरी राष्टिय टिमलाई योगदान पुग्ने तर्फ भलिबल संघ सचेत हुन जरुरी छ ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal