एम्बाप्पेले विश्वकपबाट कमाएको ५ करोड रुपैयाँ च्यारीटीलाई दान

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-०१
  • |
  • 203 पटक हेरिएको

रसिया विश्वकप खेल्न आउनुअघि युवा खेलाडी केलियन एम्बाप्पे सुपरस्टार फुटबलर थिए । तर विश्वकपको उपाधिसँगै फर्किदा उनी मेघास्टार फुटबलर बनेका छन । १९ बर्षको उमेरमा नै विश्वकप जित्ने पेलेपछिका खेलाडी बनेका एम्बाप्पे राम्रा खेलाडीमात्र नभई एक समाजसेवी पनि हुन भन्ने दर्शाएका छन ।

उनले विश्वकप खेल्दा पाएको ५ लाख अमेरीकी डलर अर्थात करीव ५ करोड भन्दा बढी रुपैया च्यारिटीलाई दिएका छन ।
फ्रान्सको प्रिमियर्स डी कोर्डी नामक संस्थालाई उनले अप्रिलमा नै केहि रकम सहयोग गर्ने बाचा गरेका थिए । विश्वकपबाट फर्किएपछि उनले प्रतिखेल पाउने रकमका साथै बोनस रकम मिलाएर ५ लाख डलर सो संस्थालाई दिने घोषणा गरेका छन ।

अनाथ बालबच्चाका साथै अपांग बालबालिकाको सहयोगमा खोलिएको सो संस्थामा रहेका बालबालिका पनि फुटबलमा लागुन भनेर एम्बाप्पेले सो रकम दिएको बताएका छन । तर एम्बाप्पेको च्यारिटीलाई सहयोग गरेको यो पहिलो पटक भने होइन । विश्वकप अगाडीपनि उनले फ्रान्सको एक कलेजका २५ जना विधार्थीलाई रसिया विश्वकप हेर्नका लागि प्रायोजन गरेका थिए ।

उनको यो उदारताबाट फ्रान्सका अरु खेलाडीले पनि पाठ सिक्ने बताइएको छ । एम्बाप्पेको उदार भावनाले उनी मैदानमा मात्र होइन मैदान बाहिरपनि हिरो भएका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal