Mega Bank

बार्सिलोनाले बराबरी खेल्दा एथ्लेटिको विजयी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 48 पटक हेरिएको

स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोना तुलनात्मक रुपमा कमजोर टिम इस्पानोयलसंग बराबरीमा रोकिएको छ ।

अर्को खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई हराउदै बार्सिलोनासंगको दुरी नौ अंकमा पुरयाएको छ ।

इस्पानोयलको मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टिमको एक गोलको अग्रतालाई बराबरी गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६६ औ मिनेटमा इस्पानोयलका गेरार्ड मोरेनोले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

तर ८२ औ मिनेटमा जेरार्ड पिकेले बार्सिलोनाका लागि बराबरी गोल गरे । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र बार्सिलोनाले सिजनमा चौथो खेलमा बराबरी खेल्यो ।

अर्को खेलमा बार्सिलोनालँई पक्ष्याइरहेको एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई १–० ले हरायो । उसको जितमा एञ्जेल मार्टिनले निर्णायक गोल गरे ।

बराबरीपछि बार्सिलोनाको २२ खेलबाट ५८ अंक भएको छ भने एथ्लेटिको मड्रिडको ४९ अंक छ ।

भर्खरै

Advertisement