विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी

Kelmi

  • नेप्लेज
  • |
  • १९७०-०१-०१
  • |
  • 221 पटक हेरिएको

 

नेप्लेज, ३२ असार । आइतबार रुसमा सम्पन्न भएको विश्वकपको च्याम्पियन टोली फ्रान्सेली फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ ।

विश्वकपको उपाधि जितेर फ्रान्सेली टोली सोमबार राति अवेर पेरिस पुग्नेछ ।

फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट विश्वकप जितेर फर्किन लागेका फूटबल खेलाडीको भव्य स्वागतको तयारीमा रहेको समाचार फ्रान्सेली सञ्चारमाध्यमले दिएका छन् ।

फ्रान्सले योसहित दोस्रो पटक विश्वकपको उपाधि हासिल गर्न सफल भएको हो । यस अघि राजधानी पेरिसमा १९९८ मा भएको विश्वकपमा फ्रान्सले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो ।

यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई २ का विरुद्ध ४ गोलले पराजित गरेको थियो । क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो । करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा व्यापक चर्चा चलेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey