उमर, उज्वल र धनमायालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • १९७०-०१-०१
  • |
  • 212 पटक हेरिएको
काठमाडौं ३२ असार । नेपालका मोहम्मद उमर खान र धनमाया सिन्जालीले दक्षिण कोरियामा भएको १२औँ विश्व तेक्वान्दो कल्चरल एक्सो तथा च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
उमरले फाइटिङको ४८ केजी तौलसमूहमा स्वर्ण जित्दा पुम्सेतर्फ भने कांस्यमै सीमित भए । धनमायाले महिला फाइटिङकै ६३ केजीमुनि तौलसमूहमा स्वर्ण जित्न सफल भएकी थिइन् ।
रोशन खानको नेतृत्वमा कोरियामा प्रतिस्पर्धा गरेको नेपाली टोलीले ५ स्वर्ण, ५ रजत र १० कांस्य गरी कुल २० पदक जित्न सफल भएको सिनियर खेलाडी दीपेन्द्र नेपालीले जानकारी दिए ।
नेपालका लागि सहवीरजंग रावल, उज्वल श्रेष्ठ र रेखमाया गुरुङले फाइटिङमा थप स्वर्ण जितेका थिए । सहवीरले ४० केजी तौलमा स्वर्ण जित्दा पुम्सेमा रजत पदकमै चित्त झुाए ।
उज्वलले पनि ६८ केजी तौलसमूहमा स्वर्ण जित्दा पुम्सेमा कांस्य पदकमै सीमित भए । रेखमायाले ६७ केजी स्वर्ण जित्दा पुम्सेतर्फ फाइनलमा पुगे पनि हार बेहोरेपछि दोहोरो स्वर्ण जित्नबाट चुकिन् ।
पुरुष फाइटिङको ६३ केजी तौलसमूहमा फाइनलमा पुगेका दिपेन्द्र बहादुर नेपालीले उत्कृष्ट प्रतिस्पर्धा गरे पनि चोट बोकेपछि रजत पदकमै चित्त बुझाउन बाध्य भए । दीपेन्द्रले पुम्सेतर्फ भने कांस्य पदक जितेका थिए ।
कोरियाको मुजु सहरमा आगामी १७ जुलाईसम्म हुने च्याम्पियनसिपको फाइटतर्फ पुरुष ४५ केजीमा सागर बराल र ४८ केजीमा रोनिस पौडेलले नेपालका लागि रजत पदक जित्नै सफल भए ।
दुवैले पुम्सेतर्फ कांस्य जितेका थिए । पुरुष फाइटिङकै ५४ केजीमा कांस्य जितेका अब्बास खानलदे पुम्सेमा पनि कांस्य पदकमै सीमित भए । जिप्सन नेपालले फाइटिङको ४० केजीमा र पुम्सेमा १–१ जित्न सफल भए ।
महिलाको ५३ केजी तौलसमूहको फाइटिङमा मेलिना गुरुङले कांस्य पदक जित्न सफल भएको प्रशिक्षक मीरा थापाले जानकारी दिइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal