विल्सन एकेडेमी र ग्रिनल्यान्डलाई बास्केटबलको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२१
  • |
  • 280 पटक हेरिएको
विल्सन एकेडेमी र ग्रिनल्यान्डले दोश्रो भानुभक्त विन्टर कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
पानीपोखरीस्थित आयोजक भानुभक्त मेमोरियल स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा विल्सनले ज्ञान निकेतनलाई ६८–५६ ले पराजित ग¥यो । विल्सनको जितमा पेम्बा शेर्पाले ४४ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा ग्रिनल्यान्डले स्वप्न वाटिकालाई २१–१७ ले हरायो । ग्रिनल्यान्डकी प्रमिला जागरीले १० अंक जोडिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय पेम्बा र प्रमिला ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल कराते महासंघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य दावा गुरुङ र भानुभक्तका प्रिन्सिपल बमबहादुर मोक्तानले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
माघ १५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal