मोड्रिचले पाए गोल्डेन बल, एम्बाप्पे उत्कृष्ट युवा खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-३१
  • |
  • 156 पटक हेरिएको

नेप्लेज, ३१ असार । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएशियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो ।

यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे । उनले विश्वकपको उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाए ।

विशेष गरी अर्जेन्टिनालाई पराजित गर्ने क्रममा शानदार दुई गोल गरेका एमबाप्पेले फाइनलमा क्रोएशियाबिरुद्ध पनि एक गोल गरेका छन् । विश्वकप फाइनलमा गोल गर्ने उनी पेलेपछिका किशोर खेलाडी बनेका छन् । पेपेले सन् १९५८ को विश्वकप फाइनलमा स्वीडेनबिरुद्ध १७ वर्षको उमेरमा गोल गरेका थिए ।

टिमले उपाधि जित्न असफल भए पनि क्रोएशियाली कप्तान लुका मोड्रिचले विश्वकपको उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल पुरस्कार पाएका छन् ।

रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने मोड्रिच क्रोएशियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याउने नायक मध्येका एक हुन् । उनले क्रोएशियाली टिमको नेतृत्व गरेका थिए ।

विश्वकपमा इंग्ल्याण्डले चौथो स्थानमा चित्त बुझायो । तर, उसका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनले सर्बाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट पुरस्कार पाए उनले विश्वकपमा सर्बाधिक ६ गोल गरे ।

विश्वकपको उत्कृष्ट गोलरक्षक बेल्जियमका थियागो कोट्वा बने । चेल्सीका स्टार गोलरक्षक कोट्वाले विश्वकपमा उत्कष्ट प्रदर्शन गरेका थिए । बेल्जियमले भने विश्वकपमा तेस्रो स्थानमा चित्त बुझाएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey