श्रीयन्त्र टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-३०
  • |
  • 391 पटक हेरिएको

नेप्लेज, ३० असार । श्रीयन्त्रले प्रथम मनमोहन स्मृति कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । श्रीयन्त्रले ७ स्वर्ण, ४ रजत र ८ कांस्य पदक जित्यो ।

नेपाल सितोरियो कराते संघ, शाखा डोजो घण्टाघरद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ ब्लेस एकेडेमी दोश्रो भयो । तेश्रो स्थानको समता स्कुलले ३ स्वर्ण, १ रजत र ८ कांस्य हात पार्‍यो ।

पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा भएको प्रतियोगिताको पुरुषमा आयोजकका अर्जुनकुमार बाघचन र महिलामा ब्लेसकी आमी कार्की उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, आयोजक डोजोका प्रमुख एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरेका थिए ।

समापनका अवसरमा खोटाङमा भएको हलेसी अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका स्वर्ण विजेता अयोजक डोजोका अर्जुनकुमार बाघचन र रोशन बलामीलाई नगदसहित सम्मान गरिएको थियो । सोही अवसरमा रेफ्री संयोजक राजेन्द्र कपाली, सह–संयोजक महेश रन्जित, कृष्णप्रसाद दाहाल, रामदास गोपाली, गुणकर न्यौपानेलगायत पनि सम्मानित भए । प्रतियोगितामा २ सय ८८ खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey