तेक्वान्दोको राष्ट्रिय पुम्से टोली वैदेशिक प्रशिक्षणका लागि कोरिया प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-३०
  • |
  • 184 पटक हेरिएको

नेप्लेज, ३० असार । इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तेक्वान्दोतर्फ पुम्से विधामा सहभागिता जनाउने चार खेलाडी विशेष वैदेशिक प्रशिक्षणका लागि शनिबार दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

ग्यारोगीतर्फको पाँच पुरुष र पाँच महिला खेलाडी एक महिनादेखि दक्षिण कोरियामै विशेष प्रशिक्षणरत छन् ।

शनिबार राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा सदस्य सचिव केशवकुमार विष्टले ७ सदस्यीय नेपाली टोलीलाई बिदाई गरे ।

राष्ट्रिय टोलीमा छनोट भएका पुम्सेतर्फका चार खेलाडीले इण्डोनेसियामा प्रतिस्पर्धा गर्नेछन् । ब्यक्तिगत पुम्सेमा पुरुषतर्फ ३० वर्षमूनि उमेर समूहमा कमल श्रेष्ठ र सोही उमेर समूहमा महिलातर्फ पार्वती गुरुङ छन् ।

त्यस्तै, महिला टिम पुम्सेमा निता गुरुङ, सीना मादेन र पार्वती गुरुङले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै प्रशिक्षकहरु नोर्वु लामा र बद्री प्रसाद घिमिरे र टिम व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय समस्यसमेत रहेका रामचन्द्र श्रेष्ठ छन् ।

दक्षिण कोरियामा विशेष प्रशिक्षण पछि आगामी अगष्ट १२ मा नेपाली टोली सिधै इण्डोनेशिया प्रस्थान गर्नेछ । प्रतियोगितामा सहभागी भएर नेपाली टोली अगष्ट २५ मा स्वदेश फर्किनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey