नेदरल्यान्डसबिरुद्ध लगातार जितको खोजिमा नेपाल

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०२-२७
  • |
  • 4159 पटक हेरिएको

आईसीसी मेन्स क्रिकेट विश्वकप लिग २ को  खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल डन्डीको फोर्थिल क्रिकेट मैदानमा हुनेछ।

नेपालले हालैको खेलमा स्कटल्याण्डविरुद्ध निकै रोमाञ्चक खेल खेलेको थियो । नेपाल २ रनले पराजित भएको थियो ।   

यसअघि जुन ४ मा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा भेट्टाएको थियो। यो जितले नेपालको आत्मविश्वास उच्च भएको छ, र उनीहरू आजको खेलमा पनि सोही लय कायम राख्न चाहन्छन्।

खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे डन्डीको फोर्थिल क्रिकेट मैदानमा शुरू हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, करन केसी र ललित राजवंशीजस्ता खेलाडीहरूले टोलीलाई बलियो बनाएका छन्।

नेदरल्यान्ड्सविरुद्धको अघिल्लो जितले टोलीको मनोबल उच्च छ, र आजको खेलमा पनि उनीहरूले आक्रामक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal