नागरिक उड्डयन र जनक शिक्षा क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०२-२६
  • |
  • 4367 पटक हेरिएको

नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ र जनक शिक्षा सामाग्री केन्द्र १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलको पुरुषमा सामेबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नागरिक उड्डयन समूह ‘सी’ को विजेता तथा जनक शिक्षा सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा नागरिक उड्डयनले नेपाल आयल निगमलाई २–१ तथा नेपाल विद्युत प्राधिकरणलाई २–० गोलले पराजित गर्यो ।

नागरिक उडड्यनले जनक शिक्षासंग १–१ गोलको बराबरी खेल्यो । जनक शिक्षाले विद्युतलाई २–१ गोलले हरायो भने आयल निगमसंग २–२ गोलको बराबरी खेल्यो । त्यस्तै काठमाडौं उपत्यका खानीपानी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, कृषि विकास बैंक ‘ए’ र नागरिक लगानी कोष पनि क्वाटरफाइनलमा पुग्न सफल भए । पुरुषमा २० टिम सहभागी छन् ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलामा कृषि विकास बैंक शीर्ष स्थानमा छ । ५ टिम सहभागी राउन्ड रोविन लिगमा कृषिले सर्वाधिक २ खेल जितेको छ ।

प्रतियोगिताको इसानका अध्यक्ष रामविनय श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हात पार्ने छन् ।

महिलाको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । फुटसल बुधबार सम्पन्न हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal