फुटसल भोलिदेखि

-
नेप्लेज
- |
- २०८२-०२-२५
- |
- 4762 पटक हेरिएको
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा भइरहेको १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसल सामेबारदेखि सुरु हुनेछ ।
प्रतियोगितामा पुरुषमा १५ तथा महिलामा ५ टिमको सहभागिता रहने इसानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन् ।
पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हात पार्ने छन् । महिलाको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । तीनदिने फुटसल टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा खेलाइने छ ।
प्रतियोगितामा ३ खेलको प्रतिस्पर्धा समावेश छ । फुटसल अन्तिम प्रतियोगिता हो । ब्याडमिन्टन र टेबलटेनिस सम्पन्न भइसकेको छ ।
विभिन्न ६ स्पर्धा समावेश ब्याडमिन्टनको सबै स्वर्ण नेपाल विद्युत प्राधिकरणले जितेको छ । टेबलटेनिसमा ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा राष्ट्रिय वाणिज्य बैंकले ३ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले १ स्वर्ण हात पारे ।