कीर्तिपुर क्रिकेट रंगशालाको प्रधानमन्त्रीले गरे निरीक्षण
-
नेप्लेज
- |
- २०८२-०२-२५
- |
- 5623 पटक हेरिएको
काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन्।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणलाई उच्च प्राथमिकता दिएका छन्।
उपप्रधानमन्त्री प्रकाशमान सिंह, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए।
प्यारापेट र फ्लडलाइट जडान कार्यका लागि गत पुस १९ र २२ गते फरक–फरक ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो।