फुलकन्ट्याक्ट कराते महासंघको साधारण सभा सम्पन्न

-
नेप्लेज
- |
- २०८२-०२-२४
- |
- 4850 पटक हेरिएको
ललितपुर । नेपाल फुलकन्ट्याक्ट कराते महासंघको साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य कमल बहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देशभरबाट २४ संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले महासंघभित्र देखिएको समस्या समाधान गर्न निरन्तर लागिरहेको बताउनुभयो । महासंघमा परिषदको कारण नविकरणदेखि सदस्यतासम्मको विवाद भएको छ । अदालतको फैसलालाई वेवास्ता गर्दै परिषदले महासंघको नविकरण समेत रोकेको छ ।
साधारण सभामा परिषदले गरेको अन्याय विरुद्ध फेरी कानुनी उपचार खोज्नुपर्ने आवाज उठेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले राखेपमै विकृति रहेको बताउदै त्यसलाई निरन्त्रण गर्न आवश्यक रहेको औल्याउनुभयो । उहाले भन्नुभयो-महासंघको विरुद्धमा लागेका केही व्यक्तिले महासंघको विरोध गर्न खोजेको आरोप लगाउनुभयो । उहाले भन्नुभयो-अदालतले समेत कानुनी मान्या दिएको महासंघको पक्षमा अधिकांस सदस्य रहेको जानकारी दिनुभयो ।
एहाले भन्नुभयो-अब दुईतर्फी राखेर तत्काल समस्या समाधान गर्नुपर्छ, लामो समयसम्म विवाद गरेर कुनै फाईदा हुदैन अब सबैले गल्ती सुधारौ देशलाई खेलकुदमय बनाऔ । उहाले परिषदले मान्यता नदिएको विषयमा अध्ययन भैरहेको बताउनुभयो ।
म्हासंघका पुर्वअध्यक्ष दमन बस्नेतले परिषदले पेलेरै जानखोजे फेरी कानुनी उपचारमा जानबाध्य हुने चेतावनी दिनुभयो । उहाले आधिकारीक महासंघ यही हो, हामीले राखेपका सदस्यसंग बैठक बसेर यही जानकारी गराएका छौ । परिषदले महासंघमा देखिएको समस्या समाधान गर्न राखेपका सदस्य भानु चन्दलाई जिम्मा दिएको छ । हामीले भन्नुपर्दा महासंघलाई नविकरण गर्न नदिनु परिषदको बदमासी हो । यही अवस्था रहे फेरी कानुनी उपचारमा जान बाध्य हुनेछौ ।
राखेपका मुख्य प्रशिक्षक कुमार श्रेष्ठले सबै संघलाईपत्राचार गरी साधारण सभा आयोजना गरिएको बताउदै विवाद गर्नुको कुनै तुक नभएको जिकीर गर्नुभयो । उहाले विवाद समाधान गर्न महासंघ तयार रहेको बताउदै आफुलेपनि परिषदसंग पहल गर्ने बताउनुभयो । महासंघका उपाध्यक्ष नवराज सेढाईले २०६१ सालमा दर्ता स्थापना भइ २०६८ सालमा राखेपले तयार पारेको विधानबाट दर्ता भएको महासंघ आधिकारीकताको विषयमा कुनै विवाद नभएको उल्लेख गर्नुभयो ।
उहाले केही व्यक्तिहरुको कारण समस्या भएको बताउनुभयो । उहाले अबपनि समस्या समाधान नगरे अदालतले दिएको आदेश अनुसार महासंघ अघि बढ्ने चेतावनी दिनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष पदमराज सुवेदीले महासंघले गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । महासंघका सचिव अजय महर्जनले सञ्चालन गर्नुभएको साधारणसभामा महासंघका प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ र चीनमा अन्तराष्ट्रिय पदक पाउन सफल खेलाडी बज्रकुमार राईलाई सम्मान गरिएको थियो ।
साधारणसभामा महासंसचिव विकास महर्जनले प्रस्तुत गर्नुभएको सांगठनिक र कोषाध्यक्ष सुमन गजुरेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको थियो । साधारणसभामा बोल्दै महासंघका अध्यक्ष शालिकराम कुँवरले महासंघमा देखिएको समस्या समाधान गर्न पहल भैरहेको बताउनुभयो । भन्नुभयो-सबै निकायसंग कुरा गरिसकेका छौ, सबैको सकरात्मक सहयोग पाएका छौ चाडै समस्या समाधान हुन्छ । साधारणसभामा यही साउनमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
त्यस्तै एकवर्षभित्र फैसला कार्यान्व्यनको लागि परिषदसंग अबिलम्ब छलफल गर्ने, रेफ्री सेमिनार, टेक्निकल सेमिनार, समर क्याम्प लगायत कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।