एनटिए राष्ट्रिय टिम ग्यरोगी हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०२-२२
  • |
  • 5384 पटक हेरिएको

नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम एनटिए राष्ट्रिय टिम ग्यरोगी च्याम्पियनसिप आगामी असार १ र २ गते हुने भएको छ ।

नेपाल तेक्वान्दो संघले पहिलो पटक ग्यरोगी विधामात्र समावेश गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता विश्व तेक्वान्दोको टिम ग्यरोगीको नियम अनुसार हुनेछ ।

प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा क्याडेट गल्र्स÷ब्वाइज टिम तथा १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर गल्र्स÷ब्वाइज टिम गरि चार स्पर्धा समावेश गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।

प्रतियोगिताको विजेता टिमले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, पदक, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ७०० जना खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताको अनुमानित खर्च करिब १२ लाख ५५ हजार रहेको र सम्पूर्ण खर्च नेपाल तेक्वान्दो संघले व्यवस्थापन गर्ने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal