प्रचण्ड कप भलिबल पोखरामा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०२-२१
  • |
  • 5172 पटक हेरिएको

कास्की । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा जेठ २७ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक नेश्नल स्पोटर््स एकेडेमीले बुधबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो ।

राष्ट्रिय स्तरका शीर्ष ६ महिला टिमलाई समावेश गरेर आयोजना गर्न लागिएको प्रतियोगिता जेठ ३१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपीएफ र आर्मी तथा गण्डकी प्रदेश, एभरेष्ट एकेडेमी र न्युडामण्ड एकेडेमीले सहभागीता जनाउनेछन् ।  

राउण्ड रोबिन लिगका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ र प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने बताईएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायात र बसोबासको व्यवस्था आयोजकले गर्ने बताएको छ ।

पत्रकार सम्मेलनमा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला ज्वालाले नेपालको लोकप्रिय खेलको रुपमा रहेको भलिबलको विकासमा ईटा थप्ने प्रयास स्वरुप प्रतियोगिताको सुरुवात गरिएको बताए । कोईरालाका अनुसार आगामी दिनमा प्रतियोगितालाई थप फराकिलो बनाउँदै लैजाने लक्ष्य राखिएको छ ।

आयोजक नेश्नल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोईरालाले तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलको घोषणा गर्न उल्लेख्य भुमिका खेलेको उल्लेख गर्दै सो घोषणाको सम्मानमा भलिबल कार्यक्रमलाई अघि सारिएको बताए । ‘तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय घोषणा गरेको अवसर भलिबलको राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेका छौं ।’ कोईरालाले भने, ‘गणतन्त्र, प्रचण्ड र भलिबल बीचको संयोजनको रुपमा कार्यक्रमलाई अघि सारेका छौं ।’

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यद्धय अन्जन धमला र प्रकाशकुमार कुसारी तथा नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङलगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal