भलिबल: गण्डकी र टिपटप हेल्प नेपालको लगातार जित

पुलिस र न्यु डायमण्डको शानदार सुरुवात

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०२-०९
  • |
  • 4349 पटक हेरिएको

पोखरामा जारी नवौं पिएम कप एनभिए लिगमा गण्डकी प्रदेश र टिपटप हेल्प नेपालले पुरुषतर्फ लगातार दोस्रो जित हात पारेका छन्। पोखराको कभर्ड हलमा आज भएका खेलहरूमा गण्डकीले त्रिभुवन आर्मी क्लबलाई र टिपटप हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गरे। यस्तै, नेपाल पुलिस क्लबले पनि पुरुषतर्फ दोस्रो जित निकाल्दा महिलातर्फ पुलिस र टिपटप न्यु डायमण्डले सानदार सुरुवात गरेका छन्। 

गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २५-१९, २५-१७ र २५-१८ को सोझो सेटमा पराजित गर्‍यो। गण्डकीले विहीबार कोशी प्रदेशलाई हराएर लिगमा सशक्त सुरुवात गरेको थियो। यो जितसँगै गण्डकीले लगातार दोस्रो जित दर्ता गरेको छ। उता, आर्मीको यो लगातार दोस्रो हार हो।

टिपटप हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई २५-१९, २५-१७ र २५-१८ को स्कोरमा हराउँदै लगातार दोस्रो जित हासिल गर्‍यो। विहीबार हेल्प नेपालले त्रिभुवन आर्मीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। 

नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई एकपक्षीय खेलमा २५-१२, २५-१३ र २५-१५ को स्कोरमा हरायो। पुलिसले पहिलो खेलमा विहीबार मणि मुकुन्दलाई पराजित गरेको थियो ।

महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले लिगको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा २५-१०, २५-१८ र २५-१८ ले पराजित गर्दै सानदार सुरुवात गरेको छ। यो एकपक्षीय खेलमा पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै ३ महत्वपूर्ण अंक जोड्यो। एभरेष्टले हिजो त्रिभुवन आर्मीलाई ३-१ ले हराएको थियो, तर आजको हारसँगै उसको २ खेलमा एक जित र एक हार भएको छ।

आज बिहान भएको खेलमा टिपटप न्यु डायमण्डले कर्णाली प्रदेशलाई २५-१३, २५-१० र २५-१० को सेटमा हराउँदै लिगमा शानदार सुरुवात गरेको छ। यो खेल पूर्ण रूपमा एकपक्षीय रह्यो, जहाँ न्यु डायमण्डले कर्णालीलाई कुनै अवसर दिएन।

नेपाल भलिबल संघको आयोजनामा सञ्चालित यो एक साताको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले सहभागिता जनाएका छन्। लिग चरणमा सबै टोलीले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले ८ लाख प्राप्त गर्दा उप विजेता हुने टिमले ४ लाख पाउने छ । यसैगरी तेस्रो हुने टिमले २ लाखमा चित्त बुझाउँदा सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने छन् । त्यसैगरी प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई  २५ हजार रुपैयाँ प्रदान गरिने छ । 

लिगका विजेता दुवै टोली (पुरुष र महिला) ले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा सहभागिता जनाउने नेपाल भलिबल संघले जनाएको छ। 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal