थाइल्यान्डबाट नेपाललाई १५९ रनको लक्ष्य

-
नेप्लेज
- |
- २०८२-०२-०६
- |
- 4026 पटक हेरिएको
आइसीसी महिला टी २० विश्वकप एसिया क्यावीफायरको अन्तिम खेलमा थाइल्याण्डले नेपाललाई १५९ रनको लक्ष्य दिएको छ । थाइल्याण्डमा जारी दुवै प्रतियोगितामा शीर्ष २ मा रहेर दुवै टिमले ग्लोबल क्वालीफायरमा स्थान पक्का गरिसकेका छन् । आजको विजेताले छनोटको उपाधि जित्ने छन् ।
टस जितेको पाहुना टोली नेपालकी कप्तान इन्दू वर्माले फिल्डिङ गर्ने निर्णय लिएकी थिइन् ।
टस हारेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो ।
थाइल्याण्डका २ ब्याटरले अर्धशतकीय पारि खेल्दा नेपाली बलरको प्रदर्शन भने विर्सनलायक रह्यो । नानापट कोन्चारोनेकाले २८ बलमा ५० रनको नटआउट पारि खेल्दा नटाया बोचथामले ४२ बलमा ५० रन बनाइन् । अपिसेरा सुवानचोनराथीले २९ तथा नताकान चन्थमले १५ रन बनाइने । नेपालका लागि राजमती ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिए । कविता कुँवर, पुजा महतो, इश्वरी विष्ट र रिया शर्मा विकेटविहीन बन्दा सबैले ६ देखि ८ को इकोनोमीरेटमा रन खर्चिए ।